बुटवल,२३ भदौ ।
आज लुम्बिनी प्रदेशसहित गण्डकी,बागमती र प्रदेश-१ लगायतका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभाग,माैसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
बिहान वाग्मती प्रदेश र प्रदेश-१ का केही ठाउँमा केहीबेर हल्का पानी परे पनि अहिले पानी रोकिएको छ तर मौसम बदली छ ।

केहीबेर पछि मौसम खुल्दै जाने तर दिउँसो पछि फेरि बदली भइ प्रदेश-१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायतका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिइन् ।

यस्तै, आज राति भने प्रदेश-१ र वाग्मती प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । मौसमविद् बासीका अनुसार तत्काललाई लगातार झरी पर्ने सम्भावना भने छैन । भोलिको मौसम पनि यस्तै रहने अनुमान गरिएको छ ।