बुटवल,१७ भदौ । आज पनि लुम्बिनी प्रदेशसहित देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा माैसम विज्ञान विभाग,माैसम पुर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभरकै मौसम बद्ली भएको छ । धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्धावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।
लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा दिउँसो ठूलो वर्षाको सम्भावना रहेको उनलेे बताइन् । यस्तै, राति गण्डकी प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ । वर्षाका कारण बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । भोलि बेलुकादेखि क्रमिक रुपमा मौसममा सुधार आउने मौसमविद् मानन्धरकाे भनाइ छ ।








