काठमाण्डाै,१५ भदौ ।
मनसुनी न्यून चापीय प्रणाली सक्रिय भएसँगै देशका धेरै ठाउँमा पानी वर्षा भएको छ । गएराति रूपन्देही सहित चितवन, मकवानपुर, महोत्तरी, कास्की, सुनसरी, तनहुँ लगायतका जिल्लामा ठूलो वर्षा भएको छ ।
मनसुनी न्यूनचापीय प्रणाली पूर्वदेखि पश्चिमतर्फ सर्ने क्रममा रहेकोले अहिले पानी परिरहेको मौसमविद् मन्जु बासीले बताइन् । आज बिहान रूपन्देही सहित केही जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको थियो । अहिले पानी पर्न रोकिए पनि दिउँसो फेरि वर्षा हुने अनुमान गरिएको छ ।
आज राति पनि केही ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । राति प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् मन्जु बासीले जानकारी दिइन् । भोलि र पसि पनि पानी पर्ने सम्भावना रहेको उनलेे बताइन् ।








