बुटवल,२९ असार ।
रुपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसका विज्ञान तथा प्रविधि संकायका शिक्षक निलम्बित भएका छन् । छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेपछि शिक्षक केशव ढुङ्गानालाई निलम्बन गरिएको क्याम्पस प्रशासनले जनाएको छ ।

कक्षा १२ मा अध्ययनरत एक छात्रालाई स्वास्थ्यमा समस्या आएपछि डेरामा छाड्न गएका ढुङ्गानाले शारीरिक दुर्व्यवहार गरेको बताइएको छ । आफूलाई विज्ञान शिक्षक ढुङ्गानाले दुर्व्यवहार गरेको पीडित छात्राले आरोप लगाएकी हुन् ।

घटना छानबिन गर्न क्याम्पस प्रशासनले विज्ञान तथा प्रविधि सङ्कायका संयोजक अरुण कुमार केवटको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति बनाएको छ । दुर्व्यवहार गरेपछि आफूले शिक्षकलाई थप्पड हानेको र सो कलेजमा पढ्दिन भनेर पीडित छात्राले एक जना अगुवा विद्यार्थीलाई मेसेज गरेकी थिइन् ।
घटना असार २७ गतेको हो ।