बुटवल,२५ असार । त्रिभुवन विश्वविद्यालय बाणिज्यसास्त्र संकाय डिन प्रा.डा. पेशल कुमार दाहालले क्याम्पसले बेरोजगार उत्पादन गर्ने थालो हुन नहुने बताएका छन् ।
विभिन्न मागका क्याम्पसहरुले आवश्यकता भन्दा पनि नाफाखोरी बन्न थप कार्यक्रम माग गर्ने गरेको भन्दै उनले उत्पादित जनशक्ति रोजगार हुने गरी अवको कार्यक्रम केन्द्रीत हुनुपर्ने बताए ।
बुटवल स्थित लुम्बिनी बाणिज्य क्याम्पस व्यवस्थापन तथा विकास परिषद् १२औं सभा लाई संवोधन गर्दै उनले विगत लामो समय देखि सञ्चालनमा रहेका त्रिभुवन विश्व विद्यालयका कार्यक्रम छाड्ने, आफ्ना कार्यक्रम समेत लागू गर्न नसक्ने परिपाटीको कारण दुई वटा खुट्टा दुई डुंगामा हुन नहुने तर्क गरे ।
पहिला समयको माग अनुसार सिए(चार्टड एकाउन्टेन्स) पढेकाहरुले माग उच्च रहेको भएता पनि अहिले सिएहरुनैबेरोजागर हुने अवस्था आएको भन्दै उनले समय सापेक्ष शिक्षा अवको आवश्यकता भएको बताएका हुन ।उनले भने–‘ समय अनुसारको शिक्षा प्रदान गर्न सकीएन भने क्याम्पस, विश्व विद्यालय बेरोजगार उत्पादन गर्ने थालेको रुपमा विकास हुने छ । ’
सबैको सामुहिक भावना बाट नै शिक्षा प्राप्ती संभव भएको भन्दै उनले शिक्षा आवश्यकताको आधारमा प्रदान गरेका यसले दिर्घकालिन रुपमा समेत राम्रो प्रभाव पार्ने बताएका थिए ।
कार्यक्रममा त्रिभुवन विश्व विद्यालय बाणिज्य शास्त्र डिन डिल्लीराज शर्माले लुम्बिनी बाणिज्य क्याम्पस व्यवस्थापन डिन विश्व विद्यालयको रुपमा परिणात हुनु सबैको लागि गौरवको विषय भएको बताएका थिए । उनले जसको लाग त्रिवि ले सहयोग गर्नको लागि तयार भएको भन्दै लुम्बिनी प्रदेश र देशकौ लागि पनि यो गौरवको विषय रहने बताए ।
जिल्ला संमन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले सबैको सहकार्यबाट लुम्बिनी बाणिज्य क्याम्पस विश्व विद्यालयको रुपमा परिणात हुने बताए ।उनले यसको लागि सबैको साथ र सहयोग आवश्यक रहेको समेत बताएका थिए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले लुम्बिनी बाणिज्य क्याम्पसलाई मानित विश्व विद्यालय बनाउनकोलागि कसैले रोक्न नहुने बताए । उनले नगरपालिकाले य सको लागि थप सहयोग गर्न तयार रहेको भन्दै उत्पादित जनशिक्त कसरी रोजगारमुलक बनाउन सकिन्छ भन्ने कुरामा पनि नगरपापलिकाले सहकार्य गर्ने बताए । जग्गा व्यवस्थापन सहितका अन्य काममा नगरपालिका जहिले पनि सकारात्मक रहेको भन्दै उनले चारपाला सामुदायिक वनको जग्गामा थप प्राप्तीको लागि पनि आफुले पहल गर्ने बताए ।
कार्यक्रममा क्याम्पस सञ्चालक समिति अध्यक्ष मोतिलाल पाण्डे, पुर्व क्याम्पस सञ्चालक समिति अध्यक्ष राजेन्द्र ओझा, अर्नुनमान शैजु, क्याम्पस प्रमुख तारा प्रसाद उपाध्याय लगायतले आ आफ्नो भनाई राखेका थिए ।







