बुटवल,१२ असार ।
शिक्षा क्षेत्रको विकासका लागि सञ्चार माध्यमबाट दरिलो खबरदारी हुनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको आयोजना र शिक्षा पत्रकार समुहको सहजिकरणमा आइतबार बुटवलमा भएको ‘पत्रकारको दृष्टिमा शैक्षिक विकास र मुद्धा ’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने सरोकारवालाहरुले उक्त कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले शिक्षा क्षेत्रको विकासका लागि त्यहाँ भित्र रहेका राम्र कुराको उजार गर्ने र नराम्रा कुरालाई सच्चिने वातावरण निर्माण गर्नेतर्फ सञ्चारकर्मीले कलम चलाउनुपर्नेमा जोड दिए ।

प्रदेश सरकारले प्रदेश विश्व विद्यालयको अवधारणा सहित अगाडी बढेको बताउँदै उपाध्यक्ष क्षेत्रीले विश्व विद्यालय स्थापनासँगै प्रदेशको शैक्षिक विकासले गति लिने विश्वास ब्यक्त गरे ।
विज्ञान विषय अध्ययनरत छात्राहरुको लागि आगामी बजेटमा छात्रावृत्ति प्रदान गर्ने ब्यवस्था गरेको जानकारी दिदै उनले प्रदेश सरकारले माध्यमिक तह सम्मको शिक्षाका लागि अधिकतम सुधारका कार्यक्रम ल्याएको बताए ।

कार्यक्रममा शिक्षा, विज्ञान,युवा तथा खेलकुद मन्त्रालयका अधिकृत लक्ष्मण ज्ञवालीले मन्त्रालयले आगामी आर्थिक बर्षमा ल्याएको कार्यक्रम र बजेटको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

यस्तै प्रदेश सरकारको नमुना विद्यालयको रुपमा घोषणा भएको बुटवलको कान्ती माविका प्रध्यानाध्यापक गोविन्द ज्ञवालीले विद्यालयले गरेको नमुना अभ्यासको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

सो अवसरमा शिक्षा पत्रकार समुहका केन्द्रीय अध्यक्ष कृष्ण मल्ल ले शिक्षाको विषय, पत्रकारिताको अभ्यास, विषय र उठानको अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिब बिक्रम खड्का,शिक्षा पत्रकार समुहका प्रदेश अध्यक्ष मनोज पौडेल लगायत संचार सम्वद्ध संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले आ आफ्नो धारणा राखेका थिए ।