बुटवल,३१ जेठ । लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँ काे पहलमा रूपन्देहीको मर्चवार स्थित मर्चवारी
देवी मन्दिरको पुनर्निर्माणका लागि बहुबर्षिय योजनाको रुपमा रु ३ करोड ८५ लाख बराबरको टेन्डर आह्वान भएको छ ।
मन्त्री खाँकाे बिशेष पहलमा चालु आर्थिक बर्ष २०७८/०७९ काे वजेटबाट लुम्बिनी प्रदेश सरकारद्वारा मर्चवार क्षेत्रको प्रख्यात,ऐतिहासिक,धार्मिक, पुरातात्त्विक एवम पर्यटकीय महत्व बोकेको शक्तीपीठ मर्चवारी देवी मन्दिरको पुनर्निर्माणका लागि बहुबर्षिय योजनाको रुपमा रु ३ करोड ८५ लाख बराबरको टेन्डर आह्वान भएको मन्त्री खाँ का स्वकीय सचिवालयले जनाएको छ ।