बुटवल,१४ बैशाख ।
नेपाल ट्रक व्यवसायी महासंघ लुम्बिनी प्रदेश कमिटीमा क्रियाशिल ट्रक व्यवसायी संघ संस्था र समितिहरु आन्दोलित भएका छन ।
ट्रक व्यवसायीहरु महंगिएको ईन्धनको बचत दूर्घटना रोकथाम र नेपाल सरकारले तोकेको ढुवानी भाडा प्राप्तगर्न सडकका उत्रिएका हुन् ।
भारतीय तथा नेपाली गाडीको ओभर लोड नियन्त्रणका लागि व्यवसायीहरु सडकमै गाडी रोकेर ओभरलोड आएका गाडीको सामान पल्टी गर्न थालेका छन ।
ओभरलोडका कारण सडक तथा पुलपुलेसा ध्वस्त हुने गरेको र नेपाली ट्रक व्यवसायको पेशा नै चौपट हुदै गएकाले ओभर लोड नियन्त्रणलाई कडाई गरिएको उनिहरुले बताएका छन ।
सरकारले भन्सार विन्दुमै भारतीय गाडीको ओभरलोड नियन्त्रण गर्नु पर्नेमा नगरेकाले व्यवसायीहरुले सडकमै उत्रिएर ओभरलोड नियन्त्रणमा जुटेको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष प्रताव बहादुर कार्कीले जानकारी दिए ।
समितिका पदाधीकारीहरु र व्यवसायीहरु गण्डकी प्रदेशको पूर्वी नवलपरासी जिल्लाको झरहीमा रहेको धर्मकाटा अगाडी जम्मा भएर ओभर लोड नियन्त्रणका साथै ईन्धनको बचतका लागि लामो दुरीका ढुवानीका साधन ४ दिनको १ ट्रिप र छोटो दुरीको स्थानका लागि ३ दिनको १ ट्रिप हुने गरी संचालनको व्यवस्था मिलाएको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका महासचिव हरि प्रसाद कंडेलले बताए ।
व्यवसायी संघ संस्थाले गरेको निर्णय अनुसार संचालन नहुने गाडीहरुलाई सडकमै रोकी भार मिलानगर्ने र ट्रिप अनुसार संचालनको व्यवस्था मिलाउन सडकमा आएको व्यवसायी गणेश मल्लको भनाई छ ।
समितिले गरेको निणर्य पालना नर्गर्ने गाडीधनी तथा चालकहरुलाई समितिले प्रदानगर्ने दूर्घटना विमाको सुविधा उपलब्ध नगराउने निर्णय गरेको नवलपुर उपाध्यक्ष पर्शुराम भण्डारीले बताए ।
ओभर लोड ढुवानी गर्दा एकातिर गाडीको पाट पूर्जा ध्वस्त हुने चालकको ज्यान जोखिममा पर्ने र सडक तथा पुलपुलेसा विग्रिने भएकाले गाडी धनी र चालकलाई ओभरलोड घातक हुने भएकाले यस्ता काम गर्न नहुने पूर्वी नवलपरासी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक भिमसेन घिमिरेले बताए ।
समितिका उपाध्यक्ष गणेश घिमिरे, राजु केसी लगायतले समितिको निर्णय मुलुक भरीका यातायात समितिले लागु गर्न जरुरी रहेको बताए ।






