बुटवल,२४ चैत । लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँ काे पहलमा रूपन्देहीको दक्षिणी क्षेत्र मर्चवारलाई शैक्षिक हवकाे रूपमा विकास गर्ने योजना अनुरूप त्यहाँका दुई विद्यालयकाे डिपिआर तयार गर्ने कार्य सुरु भएको छ ।
डिडिआर अन्तर्गत बुधबार काेटहिमाई गाउपालिका वडा नं ५ मझगावा स्थित मर्चवार आदर्श माद्यमिक विद्यालय र मायादेवी गाउपालिका वडा नं ५ सेमराहना स्थित ऐनायतुल्लाह सामुदायिक माद्यामिक विद्यालयमा पहिलो चरणको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
मझगावा स्थित आदर्श माद्यामिक विद्यालयमा आयाेजित अन्तरक्रिया कार्यक्रममा कार्यक्रमकाे उदेश्य बारे जानकारी गराउदै मन्त्रलयका कन्सल्ट्यान्ट ईन्जिनियर नेत्रनारायण चाैधरीले मन्त्री खाँले मर्चवार क्षेत्रलाई शैक्षिक हवकाे रूपमा विकास गर्ने योजना अगाडि बढाएको भन्दै के गर्दा त्यस क्षेत्रकाे शैक्षिक विकास हुन्छ भनी राय सुझाव माग गरेका थिए ।
कार्यक्रममा काेटहीमाई गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तमणि मरासिनीले विकासको मेरूदण्डनै शिक्षा भएको भन्दै त्यस क्षेत्रकाे शैक्षिक उन्नयनका लागि पालिकाले पनि आफ्नो तर्फबाट सक्दाे सहयोग गर्ने प्रतिवद्वता जनाए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शिवदास यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काेटहीमाई गाउपालिका वडा नं ५ का वडा अध्यक्ष हनुमान यादव,मन्त्रालयकै अर्का कन्सल्टेन्ट इन्जिनियर भुवन कंडेल ,गाउपालिका शिक्षा शाखाका कर्मचारी बिपिन यादव,स्थानीयवासी समेत रहेका गाउपालिकाकै अर्का कर्मचारी मुकेश चाैधरी,विद्यालयका प्रधानाध्यापक धनन्जय त्रिपाठी लगायतले मर्चवार क्षेत्र सुगम जिल्लाकाे दुर्गम ठाउँको रूपमा रहेको भन्दै स्वराेजगारमुलक र ब्यवसायिक शिक्षाको आवश्यकता रहेको बताए ।
त्यसैगरी हाजी ऐनायतुल्लाह सामुदायिक विद्यालयमा आयाेजित कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अब्दुल्वाहव मुसलमान,प्रधानाध्यापक शंकर प्रसाद पाण्डे सहायक प्रअ नुरमाेहमद खाँ लगायतले विद्यालयकाे अवस्था र आगामी योजना बारे जानकारी गराएका थिए ।
विद्यालयमा अंग्रेजी माध्यमबाट पनि पठनपाठन गर्नुपर्ने समुदायको माग रहेको भन्दै त्यसका लागि भवन र शिक्षक कर्मचारी आवश्यक रहेको बताए ।
साे अवसरमा ईन्जिनियर चाैधरीले विद्यालय र समुदायको आवश्यकता के छ र त्यसलाई कसरी पुर्ती गर्न सकिन्छ भन्ने बिषयमा जानकारी लिन आफुहरू आएको भन्दै विद्यालयकाे शैक्षिक विकासका लागि मन्त्रालयले योजना अगाडि बढाउने जानकारी गराए ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि,समाजसेवी,शिक्षक,राष्ट्र सेवक कर्मचारी,अभिभावक,पत्रकार लगायतको सहभागीता रहेको थियो ।