बुटवल,२२ चैत । सल्यानमा आज बिहान भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना सामान्य घाइते भएका छन् ।

शारदा नगरपालिका १ दारिमचौरबाट श्रीनगरतर्फ जादै गरेको भे १ ज ३३६ नम्बरको जीप मोड्ने क्रममा घुम्तीबाट पल्टिँदा १७ वर्षका नारायण वलीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका नारायण वलीको उपचारका क्रममा श्रीनगरमा रहेको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुल्यानले जनाएको छ । दुर्घटनामा नारायण वलीका दाइ थलराज वली सामान्य घाइते भएका छन् । जीप चालक थलराज वलीलाई प्रहरीले पक्राउ गरेको छ ।