बुटवल,२० चैत । नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति रुपन्देहीको १५ औं जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति रुपन्देहीको शनिबार बुटवलमा सम्पन्न अधिवेशनबाट रमेश सारु मगरको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको संघले जनाएको छ ।
जसको उपाध्यक्षमा रश्मि पेमीमगर, सचिव राजेश सिंजालीमगर, सह–सचिव टेक रानामगर, कोषाध्यक्ष अन्जली रानामगर र सचिवालय सदस्यमा नबिना थापामगर निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा प्रतिमा पुनमगर, रीमा थापामगर, रबिना दगामि मगर, जानकी थापामगर, मिनु काम्मु मगर, बिशाल गाहामगर र कल्पना थापामगर चयन भएका छन् ।
बाँकी अन्य सदस्यहरु पछि थप गरिने निर्वाचन मण्डलका अध्यक्ष मनिष फालमगरले जानकारी दिए । सो अवसरमा निर्वाचित कार्यसमितिलाई बधाई दिदैं नेपाल मगर विद्यार्थी संघका केन्द्रिय अध्यक्ष विष्णु कुमार थापामगरले विद्यार्थीहरु शैक्षिक पक्षका साथ साथै सामाजिक र सांस्कृतिक पक्षको संरक्षण र रुपान्तरणमा पनि लाग्नु पर्नेमा जोड दिए ।
शिक्षालाई स्वरोजगार र उत्पादनसंग जोड्न राज्यले बेलैमा ध्यान दिनुपर्ने उनको भनाई थियो । उनलेे जहाँनिया क्रुर शासनबाट मूक्त गर्नका लागि शंखघोष गर्ने नेपालका प्रथम शहीद लखन थापामगरको बारेमा भ्रम नछर्न र राज्यको तर्फबाट उचित सम्मान गर्न माग गरे ।
कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य इन्द्र सारुमगर, प्रदेश अध्यक्ष प्रदिप घर्तीमगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीका अध्यक्ष सनु थापामगर, नेपाल मगर संघ लुम्विनी प्रदेश सचिवालय सदस्य सञ्जिव थापामगर, नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीका सचिव थर्क बहादुर बारघरेमगर, महिला नेतृ राधिका श्रीसमगर, नेपाल मगर विद्यार्थी संघका पूर्व जिल्ला अध्यक्ष कमल थापामगर, बसुन्धरा पेमी मगर लगायतले आ आफ्नो भनाइ राखेका थिए । साे अवसरमा नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति रुपन्देहीमा रहेर विद्यार्थी र संस्थाको हितका लागि योगदान पु¥याएको भन्दै राजेश सिंजाली मगरलाई सम्मान समेत गरिएको जनाइएको छ ।