जनकपुर,९ चैत । मधेस प्रदेशको प्रदेशसभा बैठक चाैथाे पटक स्थगित भएको छ । आजका लागि बोलाइएको बैठक विशेष कारणबस स्थगित भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवद्वारा जारी सूचनामा उल्लेख छ ।

योसहित प्रदेशसभाको बैठक चौथोपटक स्थगन भएको हो । अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्ने तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि गएको फागुन २२ गतेका लागि बोलाइएको बैठक आज दिउँसो एक बजेसम्मका लागि स्थगन गरिएको थियो । त्यस्तै फागुन १ गते र १० गते पनि बैठक स्थगित भएको थियो ।