दामा शर्मा जनयुद्धमा सहभागी महिलाहरु सामन्ती पितृसत्तावादका विरुद्ध लडे,महिला माथि गरीने सवैखाले विभेदका विरुद्ध लडे,वलात्कारका विरुद्ध लडे,चेलिबेटी वेचविखनका विरुद्ध लडे,वेस्यावृतिका विरुद्ध लडे,सिङ्गो समाजको अग्रगामी रुपान्तरणका लागि लडे । २५ सय भन्दा वढि महिला योद्धाहरुले गौरवपुर्ण वलिदान गरे,कैयौं घाइते र वेपत्ता छन । जसको फलस्वरूप समाजमा पछि परेका समुदायहरु अाफ्नो अधिकारको लागि वोल्न सक्ने भए,कमैया कमलरी हलिया जस्ता प्रथाहरु अन्त्य भए ।
छुवाछूत विरुद्धको एैन,घरेलुु हिस्सा विरुद्धको ऐन,वोक्सिको नाममा हुने ज्यादती विरुद्धको ऐन वन्ने अाधार तयार भयो । देशमा गणतन्त्र आयो,समानुपातिक समावेसि सहभागी सुनिश्चित गर्यो ।जसले महिला,दलित,मधेसी,मुस्लिम लगायत सम्पुर्ण पछाडि परेका समुदायलाई नीति निर्माणका तहमा पुग्ने ढोका खोल्यो।यसमा जनयुद्धमा सहभागी सम्पूर्ण महिलाहरुलाई गर्व छ । हाम्रो वलिदान र संघर्षले समाजमा नयाँ जागरण आएकोमा ।
समाजमा व्याप्त विकृति विसङगतिको पुर्ण रुपमा अन्त्य गर्नको लागि अहिले पनि संघर्षरत छौ । हो आर्थिक अभाव छ,रोजगारीका समस्याहरु छन त्यो जनयुद्धमा सहभागी योद्धाहरुलाई मात्र होइन सिङ्गै देशको समस्या हो । तर सत्य यो हो कि जतिसुकै आर्थिक अभाव र समस्यामा परे पनि जनयुद्धमा सहभागी महिला वेस्यावृति गर्न जादैन । जतिसुकै अप्ठ्यारोमा पनि त्यसको विरुद्धमा नै वोल्छ । त्यो चेतना उ भित्र छ । त्यसैले प्रकाश सपुतले जे प्रस्तुत गर्दै छन त्यो गलत छ । हो एकाध नेताको जीवन र आम जनयुद्धमा सहभागी योद्धाहरुको जिवनसैलि उस्तै छैन त्यस विषयमा कुरा उठाउन सकिन्छ । तर जो अभाव छ,दुखमा छ उसलाई सहयोग सपोर्टको साटो विकृतरुपमा प्रस्तुत गर्ने कुरा उनिभित्र रहेको चरम सामन्ती सोचको उपज मात्र हो ।
उनी अझै पनि महिलाहरुलाई वेस्यालयमा देख्न चाहन्छन । तर हामी जनयुद्ध लडेका महिलाहरु निरन्तर त्यसको विरुद्ध संघर्ष गरिरहने छौ । शर्मा लुम्बिनी प्रदेश सभा प्रदेश मामिला तथा कानुन समिति सभापति हुन् ।