काठमाण्डाै,२२ फागुन । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

आजकाे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसुचि रहेको छ ।

बैठकअघि बिहान साढे ११ बजे सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था समितिको बैठक आह्वान गरेका छन् । एमालेले सभामुख हटाउनुपर्ने र आफूहरुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने अडान राख्दै निरन्तर संसद् बैठकमा अवरोध गर्दै आएको छ ।