काठमाडौं,२१ फागुन ।
नेपालमा शनिबार थप ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार २२० नमुना परीक्षण गर्दा ९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३६२ जना कोरोना संक्रमित निको भएका कोरोना संक्रमणबाट मृत्यु शून्यमा झरेको छ ।
यसअघि शुक्रबार एक जनाको र बिहीबार ३ जनाको मृत्यु भएको थियो ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ६९४७ रहेको छ ।