काठमाडौँ,२० फागुन ।
नेपाली काँग्रेस वीपीले सन्त नेता तथा पूर्व प्रधानमन्त्री स्व.कृष्ण प्रसाद भट्टराईको १२ औं स्मृति दिवस मनाएको छ ।
आज पार्टी कार्यालय गोंगबु आवास क्षेत्र, सामाखुशी काठमाडौंमा सन्त नेता कृष्ण प्रसाद भट्टराईको १२ औं स्मृति सभाको आयोजना दिवस मनाएको हो ।
स्मृति सभामा पार्टी सभापति तथा पूर्व मन्त्रि सुशीलमान शेरचन, वरिष्ठ उप–सभापति गोविन्द शर्मा, उप–सभापति विष्णुप्रसाद ढकाल, महामन्त्रीद्वय देवेन्द्र प्रकाश पौडेल र भक्त राज भुसाल, सह–महामन्त्री जगन्नाथ घिमिरे, केन्द्रिय सदस्यहरु इन्दिरा अधिकारी, माधव प्रसाद लामिछाने, ईश्वरी प्रसाद भट्टराई र रोमन पुरी लगायतले स्व.कृष्ण प्रसाद भट्टराईको जीवनी माथि चर्चा गर्दै नेपाली काँग्रेस (वीपी) भट्टराईले देखाएको बाटोमा हिड्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।
प्रजातन्त्रीक समाजवादलाई मुख्य आदर्शको रुपमा लिएको नेपाली कांग्रेस पार्टीमा छलफल बीना गणतन्त्रमा गएपछि कृष्ण प्रसाद भट्टराईले पार्टी छोड्नुपरेको स्मरण गर्दै उनिहरुले नेपाली कांग्रेस बीपीले स्व.सन्त नेता भट्टराईलाई आदर्श मानेर अगाडी बढ्ने बताए ।
स्व.कृष्ण प्रसाद भट्टराईको १२ औं स्मृति दिवस पार्टीका जिल्ला कार्यसमिति, भातृ, सुभेच्छुक संघ, संस्थाहरुले विभिन्न कार्यक्रम गरेर मनाएको नेपाली कांग्रेस बीपी केन्द्रीय कार्यालयका कार्यालय सचिव सुशीलराज वाग्लेले जानकारी दिए ।
सन्त नेता तथा पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको २०६७ साल फागुन २० गते शुक्रबार राति ११ बजे नर्भिक अस्पतालमा निधन भएको थियो ।






