काठमाडौं,२० फागुन ।
नेपालमा शुक्रबार थप १२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ७ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा १११ जना र १ हजार ८४२ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जना गरी १२६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ८८७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३८५ जना कोरोना संक्रमित निकाे भएका छन् भने एक जनाकाे मृत्यु भएको छ ।

नेपालमा हालसम्म ९ लाख ५८ हजार १९३ जना काेराेना संक्रमित निकाे भएका छन भने ११ हजार ९४५ जनाको मृत्यु भएको छ ।

हाल नेपालमा ७ हजार २४२ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ७ हजार ९९ जना होम आइसोलेसनमा रहेका छन् भने १४३ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ५४ जना आईसीयू र १० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ८ जना कोरोना संक्रमित थपिएका छन् ।