बुटवल,२० फागुन ।
आंशिक प्रध्यापकहरूले बुटवल बहुमुखी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।
आइतबार बिहान आंशिक प्राध्यापक संघ नेपाल, वुटवल बहुमुखी क्याम्पस ईकाइ समितिका अध्यक्ष मानध्वज गरीकाे नेतृत्वमा गएको आंशिक प्राध्यापकहरूकाे टोलीले क्याम्पसमा तालाबन्दी गरेकाे हो ।
२०६३ सालदेखि आंशिक प्रध्यापककाे रुपमा कार्यरत कर्मचारिलाई पेशागत स्थायित्वका लागि करार गरिदिनु पर्ने माग राखि पटक पटक आन्दोलन,वार्ता र सहमति गर्दै आएकाेमा उक्त माग सम्बाेधन नगरि वेवास्था,आलटाल र समय कटाउने कार्य गरेकाेले क्याम्पस प्रमुख डा उमाकान्त पाेखरेलकाे कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरिएकाे प्रेस विज्ञप्तिमा जनाइएको छ ।
आफुहरूकाे माग सम्वाेधन नभएसम्म तालाबन्दी जारी रहने पनि विज्ञप्तिमा उल्लेख छ ।







