चितवन,२० फागुन ।
ट्याक्टरको ठक्करबाट चितवनमा एक ट्राफिक प्रहरी नायव उपीक्षक (सई) को मृत्यु भएको छ ।
मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका–१४ राधापुर घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत सई अर्जुन पौडेल रहेका छन् ।
चितवनको भरतपुर महानगरपालिका–६ स्थित जयनेपाल चोकमा ट्याक्टरको ठक्करबाट ट्राफिक प्रहरीका एकजना सईको मृत्यु भएको छ ।
गएराती महेन्द्र चोकबाट बजारतर्फ जाँदै गरेको ना ४ त ८८२९ नम्बरको ट्याक्टरले उनि सवार ना १६ प ३१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्याक्टरको ठक्करबाट पौडेलको घटनास्थलमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्याक्टरसहित चालकलाई इलाका प्रहरी कार्यालय गितानगरले नियन्त्रणमा लिएको छ ।






