एजेन्सी,२० फागुन ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा आक्रमण गरेको बताउदै
विश्व समुदायसँग सहयोगको अपिल गरेका छन् ।
उनलेे ट्विटरमा पोस्ट गरेको एक भिडियो सन्देशमा युरोपको सबैभन्दा ठूलो आणविक प्लान्ट खतरामा रहेको उल्लेख गरेको बीबीसीले जनाएको छ ।

रुसी बलले जानीबुझी आणविक पावर प्लान्टलाई निसाना बनाइरहेको जेलेन्स्कीकाे दाबी छ । सन् १९८६ मा चेर्नोबिल आणविक घटनाबारे उल्लेख गर्दै उनलेे जापोरिज्याको आणविक प्लान्टमा केही घटना भए त्यसको नतिजा नराम्रो हुने बताएका छन् । ‘युरोपका नागरिक कृपया जाग्नुहोस्, रुसी बलले युक्रेनको आणविक प्लान्टमा आक्रमण गरिहेकोबारे आफ्ना नेताहरूलाई भन्नुहोस्’, जेलेन्स्कीले भने ।

आफू अमेरिका, बेलायत र ईयूका नेताहरूको सम्पर्कमा रहेकाे बताउदै जेलेन्स्कीले इन्टरनेशनल एटमिक इनर्जी एजेन्सी (आईएईए) सँग पनि कुराकानी भएको उल्लेख गरेका छन् ।