काठमाडौं,१९ फागुन ।
सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ ।

नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुने गरेर नयाँ मूल्य कायम गरेको हो ।

निगमका अनुसार स्थानीय बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ । यससँगै डिजेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ कायम गरेको छ ।
खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन ।