काठमाडौं,१९ फागुन ।
नेपालमा बिहीबार थप १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ४४८ जनाको पीसीआर परीक्षण गर्दा ७० जना र २ हजार ४७६ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जना गरी १०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ७६१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ३२० जना कोरोना संक्रमित निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ९ लाख ५७ हजार ८०८ जना कोरोना संक्रमित निको भएका छन भने ११ हजार ९४३ जना संक्रमितको मृत्यु भएको छ ।
हाल देशभर ७ हजार ५१७ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्ये ७ हजार ३४९ जना होम आइसोलेसनमा रहेका छन् भने १६८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये ६१ जना आईसीयू र ९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै पछिल्लो २४ घण्टामा १० वर्ष मुनिका ६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ जनामा संक्रमण पुष्टि भएको छ ।






