काठमाडौ,१८ फागुन ।
नेपालमा बुधबार थप १२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८७४ जनाकाे कोरोना परीक्ष गर्दा १२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै देशभर पीसीआर विधिबाट भएको कोरोना परीक्षणमा कुल ९ लाख ७७ हजार १९९ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३९ हजार ४५७ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप तीन सय २१ जना काेराेना संक्रमित निको भएका छन् भने ३ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा हालसम्म संक्रमितमध्ये हालसम्म ९ लाख ५७ हजार ४८८ जना कोरोना संक्रमित निकाे भएका छन् भने ११ हजार ९४१ जनाको मृत्यु भएको छ ।
पछिल्लो समय कोरोना संक्रमित घट्दै गएका छन् भने हाल देशभर ७ हजार ७७० जना सक्रिय संक्रमित रहेका छन् ।
यसैबीच २४ घण्टामा ३५ हजार सात सय जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड ७५ लाख ६७ हजार जना पुगेको छ ।






