काठमाडौं,१७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी देशको हित हुने गरी कार्यान्वयनको पाटोमा जानु पर्ने बताएका छन् ।
कुनै पनि देशको सर्तसहितको सहयोग, अनुदान राम्रो नहुने बताउदै उनले देशको संसदबाटै प्रस्ताव पास भइसकेकोले अब देशको हित हुने गरी परियोजना कार्यान्वयनको पाटोमा जानु पर्ने बताए ।
एमालेद्वारा आज अयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीकाे लिखित भाषण उपमहासचिव प्रदिप ज्ञवालीले पढेर सुनाउँदै एमसीसीको बिषयमा सत्ता गठवन्धन दलहरूले अवलम्बन गरेको दाेहाेराे चरित्रकाे भने बिराेध गरे ।
कार्यक्रममा उपमहासचिव ज्ञवालीले पछिल्लो समय सभामुखले एमसीसीलाई नेकपा एमालेविरुद्धको हतियारको रुपमा प्रयोग गरेको आरोप लगाए । उनले भने, ‘एमसीसीलाई सुरुदेखि नै एमालेलाई कमजोर पार्ने र सरकार टिकाउने हतियारको रुपमा लिइयो । अहिले वास्तविक चेहेरा उदाङ्यो भयो ।’ उनले आफूहरूले एसीसी प्रस्तावमा भएका अस्पष्ट विषय छलफलका संसदमा दर्ता गरेको पनि दावी गरे ।






