बुटवल,१६ फागुन ।
रूपन्देहीको सैनामैना नगरपालिका पूर्ण खाेपयुक्त नगरपालिका घाेषणा भएको छ ।
नगरपालिकाले साेमबार एक कार्यक्रमकाबीच पुर्ण खाेपयुक्त नगरपालिका घाेषणाा गरेको हो ।
नगरका १२ बर्षमाथीका सबै नागरिकले काेराेना भाइरस बिरूद्वकाे खाेप लगाइसकेकाे र ११ वटै वडा पूर्ण खाेपयुक्त वडा घाेषणा भएपछि नगरपालिकालाई पुर्ण खाेपयुक्त नगरपालिका घाेषणा गरिएको नगर प्रमुख चित्र बहादुर कार्कीले जानकारी दिए ।
आजै रूपन्देहीकै तिलाेत्तमा नगरपालिकाले पनि पुर्ण खाेपयुक्त नगरपालिका घाेषणाकाे तयारी गरेको छ ।
जिल्ला समन्वय समितिका आज बसेकाे बैठकले सैनामना नगरपालिकालाई पुर्ण खाेपयुक्त नगरपालिका घाेषणा गर्ने अनुमति दिएको नगर प्रमुख कार्कीले बताए ।
पुर्ण खाेपयुक्त पालिका घाेषणा गर्ने सैनामैना देशमै पहिलो पालिका भएको नगरपालिकाकाे दाबी छ ।








