काठमाडौं,१५ फागुन । नेपालमा आइतबार थप १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ४८४ जनाको पीसीआर परीक्षण गर्दा ९४ जना र ३ हजार २२४ जना एन्टिजेन परीक्षण गर्दा १७ जना गरी १११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार १९१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ४१५ जना काेराेना संक्रमित निकाे भएका छन् भने १ जनाको मृत्‍यु भएको छ ।

नेपालहालसम्म ९ लाख ५६ हजार ४१३ जना काेराेना संक्रमित निकाे भएका छन भने ११ हजार ९३५ जना संक्रमितको मृत्यु भएको छ ।

हाल देशभर ८ हजार ५१७ जना संक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार हाल ८ हजार २८५ जना होम आइसोलेसनमा रहेका छन् भने २३२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ८१ जना आईसीयू र १० जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् ।

यस्तै १० वर्ष मुनिका ४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ६ जना कोरोना संक्रमित थपिएका छन् ।