बुटवल,१५ फागुन ।
एमसीसीको बिरोधमा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ५ पार्टीले भोलि १६ गते नेपालबन्दको घोषणा गरेका छन् ।
भोलि नैं संसदबाट कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीलाई संसदबाट पारित गर्ने सहमति गरेपछि नेपालबन्दको घोषणा गरिएको हो ।

विप्लव नेकपासहित ५ पार्टीले एमसीसीकाविरुद्ध निरन्तर आन्दोलन गर्दै आएका छन् । ५ दल र २ मोर्चा रहेको सो गठबन्धनले विज्ञप्ती जारी गरी नेपाल बन्दको आह्वान गरेका हुन् ।
नेपाल बन्दको पुर्वसन्ध्यामा आज मसाल जुलुस प्रदर्शन गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा जनाइएको छ ।