विराटनगर,१५ फागुन । प्रदेश नं १ को प्रदेश सभा बैठक आज बस्दैछ ।
मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिएपछि स्थगित भएकाे प्रदेश सभाकाे बैठक आजदेखी बस्न लागेको हो ।
मुख्यमन्त्री राईले गत मंसिर १ गते प्रदेश सभामा विश्वासको मत लिएका थिए । प्रदेश सभाको हिउँदे अधिवेशनको सातौं बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।
बैठकअघि ११ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने प्रदेश १ प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
बैठकको सम्भावित कार्यसूची प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ माथिको छलफल रहेको उनले बताए ।
तीन महिनापछि बैठक बसेका कारण दलका नेताहरूले पनि सम्बोधन गर्ने तयारी गरेका छन् ।








