काठमाण्डौ,१४ फागुन ।
नेपालमा पछिल्लो समय कोरोना संक्रमण पुष्टि हुनेको संख्या घट्दै गएको छ ।
शनिबार देशभर १५५ जनामा मात्रै कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर दुई हजर २३९ पीसीआर परीक्षण गर्दा १०१ जना र दुई हजार ९१३ एन्टिजेन परीक्षण गर्दा ५४ जना गरी १५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ५४० जना कोरोना संक्रमित निको भएका छन भने दुई जना संक्रमितको मृत्यु भएको छ ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या आठ हजार ८३९ रहेको छ ।