काठमाडौं,१४ फागुन ।
प्रहरीले पल शाह अभिनित चलचित्र ’म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई पक्राउ गरेको छ ।
एक टेलिभिजन कार्यक्रममा अन्तरवार्ता दिएर फर्कने क्रममा थापा पक्राउ परेको जनाइएको छ ।

थापालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

सोधपुछकै लागि फिल्मकी अभिनेत्री तथा निर्माता पूजा शर्मालाई पनि नियन्त्रणमा लिने तयारीमा गरेको बताइएको छ ।
शाह बिरुद्ध बुधबार जबरजस्ती करणीको मुद्दामा उजुरी परेपछि प्रहरीले उनको खोजी गरिरहेको छ । पल अभिनित फिल्म म यस्तो गीत गाउँछु २ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । फिल्म प्रचारका क्रममा निर्माता थापा र अभिनेत्री शर्माले पलको पक्षमा बोल्दै आएका थिए ।