काठमाण्डौ,१३ फागुन ।
नेपालमा थप २७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी आठ हजार ६२८ जनाको नमुना परीक्षण गर्दा २७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ५५५ जना निको कोरोना संक्रमित निको भएका छन भने एक जना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा हालसम्म नौ लाख ५५ हजार ४५८ जना कोरोना संक्रमित निको भएका छन भने ११ हजार ९३२ जना संक्रमितको मृत्यु भएको छ ।
अहिले नेपालमा नौ हजार दुई सय ८० जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा एक लाख २२ हजार चार सय ९३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।






