बुटवल, १३ फागुन ।
लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीको आयोजनामा पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका स्थित दैलातुङ्ग आधारभूत बिद्यालयमा अध्ययनरत बिद्यार्थीका लागि ‘भाग्य बोक्ने झोला’ एवम् शैक्षिक सामाग्री वितरण भएको छ ।
सो अवसरमा बिद्यालयमा अध्ययनरत करिब ५१ जना बिद्यार्थीका लागि झोला, कापी, कलम लगाएतका शैक्षिक सामाग्री बितरण गरिएको हो ।
अध्यक्षको जिम्मेवारी सम्हाल्नेले प्रत्येक वर्ष कम्तीमा एउटा यस्तो खालको कार्यक्रम गर्ने अवधारणा अनुरुप पहिलो कार्यक्रमको रुपमा यो कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष श्रीधर बस्यालले जानकारी दिए ।
उनले यस क्लबबाट आयोजना गरेको सो सबैभन्दा धेरै बजेटको कार्यक्रम भएको बताए ।
आगामी वर्षका अध्यक्षहरुले यस्तै खालका सामाजिक कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिदै अध्यक्ष बस्यालले कार्यक्रममा सहयोग गर्ने सबैलाइ आभार प्रकट गर्दै प्रशंसा पत्र प्रदान गरे ।
क्लबका अध्यक्ष श्रीधर बस्यालको अध्यक्षता र बगनासकाली गाउपालिका वडा नं.–७ का वडा अध्यक्ष गुन बहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञमुर्ती खराल, विद्यालयका प्रधानाध्यापक केशवराज खराल, क्लबका पुर्व अध्यक्ष भेषराज पोखरेल, समाजसेवी तुलसीराम अर्याल लगाएतले क्लबको उक्त कार्यको प्रशंसा गरेका थिए ।
उपाध्यक्ष सुनिल कुंवरको स्वागत मन्तब्य तथा सचिव महेश ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।







