काठमाडौं,१० फागुन ।
नेपालमा मंगलबार थप ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ६ हजार ६०४ जनाको पीसीआर परीक्षण गर्दा २९९ जना र २ हजार ८२० जनाको एन्टिजेन परीक्षण गर्दा १७७ जना गरी ४७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १४ हजार ७२१ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८३१ जना कोरोना संक्रमित निको भएका छन भने ३ जनाको मृत्यु भएको छ ।
हाल एक हजार ७४७ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्ये १० हजार ३६७ संक्रिय संक्रमित होम आइसोलेशनमा रहेका छन् भने ३८० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ११५ जना आईसीयू र १९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
नेपालमा हालसम्म ९ लाख ५३ हजार ४३० जना कोरोना संक्रमित निको भएका छन भने ११ हजार ९२८ जनाको मृत्यु भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १० वर्ष मुनिका १७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १५ जनामा संक्रमण पुष्टि भएको छ ।






