जनकपुर,१० फागुन ।
आज मधेस प्रदेशको प्रदेश सभा बैठक बस्दैछ ।
प्रदेश सभा सचिवालयका अनुसार आज दिउँसो २ बजे बस्ने प्रदेश सभाको बैठकमा अघिल्लो बैठकमा सरकारले प्रस्तुत गरेको प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल हुनेछ ।
गएको माघ २६ गते बसेको प्रदेश सभाको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले संकल्प प्रस्ताव पेस गरेका थिए । यसअघि फागुन एक गतेका लागि आह्वान भएको प्रदेश सभाको बैठक विशेष कारण जनाउँदै स्थगित गरिएको थियो ।








