काठमाण्डौ,९ फागुन ।
नेपालमा सोमबार थप ३८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर पीसीआर र एन्टिजेन गरी आठ हजार १४० जनाको नमुना परीक्षण गर्दा ३८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप एक हजार २०५ जना कोरोना संक्रमित निको भएका छन भने ४ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म नौ लाख ५२ हजार ५९९ जना कोरोना संक्रमित निको भएका छन भने ११ हजार ९२५ जनाको मृत्यु भएको छ ।
अहिले नेपालमा ११ हजार दुई सय ८२ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।
यसैबीच थप आठ लाख ७३ हजार चार सय २८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
योसहित नेपालमा तीन करोड ७७ लाख ५५ हजार चार सय २७ मात्रा खोप प्रयोग भएको छ । अहिलेसम्म १८ वर्षमाथिका कुल जनसंख्याको ९० दशमलव आठ प्रतिशत र १२ देखि १७ वर्ष उमेर समूहको ८८ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाइसकेका छन् ।






