काठमाडौं,९ फागुन । प्रहरी प्रधान कार्यालयले रूपन्देही सहित १८ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गरेको छ ।
सरूवा हुनेमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा कार्यरत डा. मनोज कुमार के सी सहित १८ जना रहेका छन् । रूपन्देही केसीलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा सरूवा गरिएको छ भने सम्पत्ति सुद्विकरण अनुसन्धान विभागमा कार्यरत रबिन्द्र रेग्मीलाई रूपन्देही सरूवा गरिएको छ ।
त्यसैगरी एसपी कमल थापा, कृष्णबहादुर पल्लीमगर, केदार खनाल, गंगा पन्त, गोपाल चन्द्र भट्टराई, गोविन्द थपलिया, तुलबहादुर कार्की र दयानिधि ज्ञवाली,दानबहादुर मल्ल, दीपक कुमार बस्नेत, नकुल पोखरेल, विमल राज कँडेल, बीरबहादुर ओली, लक्ष्मीराज अधिकारी, शारदा प्रसाद चौधरी र शेखर खनालको सरुवा भएको छ ।









