काठमाडौं,८ फागुन ।
नेपालमा आइतबार थप २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ५७२ पीसीआर परीक्षण गर्दा २२९ जना र तीन हजार २४३ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जना गरी २६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख १४ हजार १५६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा एक हजार ३३८ जना काेराेना संक्रमित निकाे भएका छन भने भने चार जनाको मृत्यु भएको छ ।

नेपाल हालसम्म ९ लाख ५१ हजार ३९४ जना काेराेना संक्रमित निकाे भएका छन् भने ११ हजार ९२१ जना संक्रमितको मृत्यु भएको छ ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १२ हजार २४४ रहेको छ । जसमध्‍ये ११ हजार ७५४ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने ४९० जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये १३६ जनाको आईसीयू र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १० वर्ष मुनिका ३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै काठमाडौं उपत्यकामा थप ९३ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्‍ये काठमाडौंका ८०, ललितपुरका १२ र भक्तपुरका १ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।