काठमाडौं,७ फागुन ।
नेपालमा शनिबार थप ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ५३८ पीसीआर परीक्षण गर्दा १९८ जना र तीन हजार ५५८ एन्टिजेन परीक्षण गर्दा १५२ जना गरी ३५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा एक हजार २७२ जना कोरोना संक्रमित निको भएका छन भने ४ जनाको मृत्यु भएको छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १३ हजार ३५७ रहेको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौं जिल्लामा ५१ जनामा संक्रमण पुष्टि भएको छ । त्यसपछि कास्कीमा २२, कैलालीमा ९, लमजुङमा ८, झापा, ललितपुर र दाङमा ७÷७ जना, रुपन्देही र सर्लाहीमा ६÷६ जनामा संक्रमण पुष्टि भएको छ ।