काठमाडौं,६ फागुन ।
नेपालमा शुक्रबार थप ४३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार १३३ जनाको पीसीआर परीक्षण गर्दा २७५ जना र ३ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा १६२ जना गरी ४३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १३ हजार ५४४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार ४५४ जना कोरोना संक्रमित निको भएका छन भने २ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ९ लाख ४८ हजार ७८४ जना कोरोना संक्रमित निको भएका छन भने ११ हजार ९१३ जना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४३५ रहेको छ । जसमध्ये १३ हजार ८२८ जना होम आइसोलेसनमा रहेका छन् भने ६०७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १४४ जना आईसीयू र २३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १० वर्ष मुनिका ६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।