पाल्पा,५ फागुन ।
नेकपा एमालेको गढको रुपमा रहेको पुर्बखोला गाउँपालिका वडा नं ४ देविनगरमा नेकपा एमाले पार्टी परित्याग गरि १२५ बढी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरुलाई बिहिबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका उर्जा,जलस्रोत तथा सिंचाई मन्त्री समेत रहेका नेपाली कांग्रेस पाल्पाका निवर्तमान सभापति बीरबहादुर राना,नेपाली कांग्रेस पाल्पाका उप सभापति ज्ञान बहादुर गाहा,महासमिति सदस्य सन्दीप राना,नेपाली कांग्रेस क्षेत्र नं १ का क्षेत्रीय सभापति झमान बहादुर राजमगर,प्रदेश सभा क्षेत्रीय समिति सभापति राम बहादुर राना लगायतले पार्टीमा स्वागत गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रानाले ढिलै भए पनि नवप्रवेशीहरुले सहि पार्टी रोजेको भन्दै नवप्रवेशीहरुको कांग्रेसप्रतिको विश्वास टुट्न नदिनेगरी काम गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
नेपाली कांग्रेसबाट मात्रै मुलुकको परिवर्तन सम्भव रहेको भन्दै मन्त्री रानाले नवप्रवेशीहरुलाई पार्टीमा उचित जिम्मेवारी र भूमिका दिइने बताए ।
सो अवसरमा नवप्रवेशीहरुले नेकपा एमालेले आफुहरुलाई भोट बैंकको रुपमा मात्रै उपयोग गरेकोले आफुहरुले एमाले परित्याग गरेको बताएका थिए ।
पाल्पा जिल्लामै एमालेको गढको रुपमा रहेको पूर्वखोला गाउँपालिकाको एउटै वडाबाट १२५ जना नेपाली कांग्रेसमा प्रवेश गरेपछि सो पालिकामा एमालेलाई ठूलो धक्का लागेको छ भने आगामि निर्वाचनमा कांग्रेसलाई थप राहत हुने तरुण दल पाल्पाका नेता अर्जुन कार्कीले बताए ।
नेपाली कांग्रेस पूर्वखोला गाउपालिका वडा नं ४ का वडा सभापति गिर बहादुर बारघरेको सभापतित्व र लुम्बिनी प्रदेशका उर्जा,जलस्रोत तथा सिंचाई मन्त्री बीर बहादुर रानाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।








