काठमाडौं,५ फागुन ।
नेपालमा बिहिबार थप ५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ७ हजार २८ जनानाको पीसीआर परीक्षण गर्दा ३६४ र दुई हजार ७६१ जनाको एन्टीजेन परीक्षण गर्दा २०६ गरी ५७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख १२ हजार ५३७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा एक हजार ९९३ जना कोरोना संक्रमित निको भएका छन भने थप ६ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ९ लाख ४४ हजार ३३७ जना कोरोना संक्रमित निको भएका छन भने ११ हजार ९०५ जनाको मृत्यु भएको छ ।
हाल देशभर १६ हजार ६१६ संक्रिय संक्रमित रहेका छन् । जसमध्ये १७ हजार ५८० संक्रिय संक्रमित होम आइसोलेसनमा रहेका छन् भने ६७१ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये १५६ जनाको आईसीयू र २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १० वर्ष मुनिका १८ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार संक्रमण पुष्टि भएकामध्ये १९९ जना काठमाडौं उपत्यकाका हुन् ।
जसमध्ये काठमाडौंका १६२, ललितपुरका २५ र भक्तपुरका १२ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।







