काठमाडौ,४ फागुन ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तामा पुगेका कुनैपनि कम्युनिष्ट नेता एमसीसी सम्झौताबाट अलग नभएको बताएका छन् ।
उनलेे नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल एमसीसीको विषयमा भ्रमको जालामा जेलिएको टिप्पणी गरे ।
आज बाराको सिमरामा पत्रकारहरूसँग कुरा गर्दै नेता पौडेलले एमसीसीको विषयमा देश र जनतालाई धोका दिनेगरि कसैले पनि ‘डबल–स्ट्याण्ड’ को भूमिका खेल्न नहुने बिचार ब्यक्त गरे ।
उनले भने–‘प्रचण्ड र माधव नेपाल एमसीसीलाई लिएर भ्रमको जालामा जेलिएका छन् । कम्युनिष्टका नेताहरु जेलिएका छन् ।
उहाँहरु प्रचारको जालोमा जेलिनुभयो। एमसीसीको सुरुवात स्वयम झलनाथजीबाट भएको हो । यो एमसीसी सम्झौता सत्तामा पुगेका कुनैपनि कम्युनिष्ट नेता यो सम्झौताबाट अलग छैनन् ।
उहाँहरु सबै संलग्न हुनुहुन्छ । सबै नेता पालैपालो संलग्न हुनुहन्छ । यो सुरुमा संसद्बाट अनुमोदन गर्ने कुरा थिएन । केपी ओली प्रधानमन्त्री बनेपछि संसद्बाट पारित गर्नुपर्छ भन्ने बनाउनुभयो । अमेरिकाको यो संसद्बाट पास गर्नुपर्छ भन्ने कुनै दबाब थिएन । यसलाई संसद्मा लैजान्छु भनेर उहाँले त्यसो गर्नुभयो । अहिले एमाले त्यो अनुमोदन गर्नबाट पछि हट्न मिल्छ रु एमसीसी हुन्न भन्ने कुरा यो देश र सारा दुनियाँलाई धोका हो कि होईन ? यसको परीणाम के हुन्छ ? नेपालको राजनीतिक अवस्था र अर्थतन्त्र कहाँ पुग्छ ? आज दातृ निकायहरुलाई हामीविरुद्ध पुर्याउने काम पनि हुन्छ, म समाजवादी हो । म नेपालवादी हो। यस्तो किसिमको फट्याँई मलाई मन पर्दैन् । डबल स्ट्याण्ड कसैले पनि नगरौं।’






