काठमाण्डौ,२ फागुन ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफुलाई मुद्धा हराएबापत न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव ल्याउन नमिल्ने बताएका छन् ।

संसद बिघटन असंबैधानीक भएको फैसला गर्ने सर्वोच्च अदालतका चार न्यायाधीशविरुद्ध प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महाभियोग प्रस्ताव ल्याउन लागेको चर्चा चलिरहेका बेला सत्तारुढ प्रमुख घटक कांग्रेसका वरिष्ठ नेता पौडेलले उक्त बताएका हुन् ।

संसद् विघटनको मुद्दामा आफूलाई हराएबापत एमालेले महाअभियोग प्रस्ताव ल्याउन नमिल्ने बताउदै पौडेलले सर्वोच्च अदालतको निर्णय विपरीत महाअभियोग प्रस्ताव ल्याउन नमिल्ने तर्क गरे ।

आज काठमाण्डौमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुको जिज्ञासामा उनले सर्वोच्च अदालतको निर्णय अन्तिम हुने र त्यसलाई चुनौती दिने गरी एमालेले कुनै पनि न्यायाधीशविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याउन नमिल्ने बताएका हुन् ।

संसद् विघटनको मुद्दामा आफू हार्ने अनि सर्वोच्चका न्यायाधीशविरुद्ध महाअभियोग लगाउने कुरा सरासर गलत हुने उनको भनाइ थियो ।

जनतालाई न्याय दिन सत्तारुढ दलका सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याएको बताउदै उनले यो प्रस्तावसँगै अब सर्वोच्च अदालतमा विद्यमान गतिरोध हट्ने र नेपाली जनताले न्याय पाउने विश्वाससमेत व्यक्त गरे ।

आफूले प्रधानन्यायाधीश जबरालाई सम्मानजनक बर्हिगमनका लागि राजीनामा दिन पटक–पटक सुझाएको जानकारी दिए ।