काठमाण्डाै,२ फागुन । नेपालमा साेमबार थप सात सय ४७ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी आठ हजार ६ सय ९६ जनाको नमुना परीक्षण गर्दा सात सय ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्राालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा दुई हजार तीन सय १९ जना काेराेना संक्रमित निको भएका छन् भने आठ जनाको मृत्युु भएको छ ।
नेपालमा हालसम्म नौ लाख ४० हजार नौ सय दुई जना काेराेना संक्रमित निकाे भएका छन भने ११ हजार नौ सय जना संक्रमितको मृत्युु भएको छ ।
हाल नेपालमा २० हजार सात सय ३९ जना सक्रिय संक्रमित रहेका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख १६ हजार एक सय १८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।







