काठमाडौ,२ फागुन ।
कोभिड-१९ संक्रमणकाे जाेखिमका कारण बन्द भएका सिनेमा हल आजबाट वाट खुल्ला हुने भएका छन् ।
जिल्ला प्रशाशन कार्यालयले स्वास्थ्य मापदण्ड अपनाएर फागुन १ गते खोल्ने अनुमति दिएसँगै आजैबाट सिनेमा हल नियमित सञ्चालनमा आउने भएका हुन । सिनेमा हल खुल्ला गर्ने अनुमति पाएसँगै काठमाडौं उपत्यकाका सिनेमा हलमा दक्षिण भारतीय चलचित्र पुष्पा र नेपाली चलचित्र चपली हाइट–३ लगायतका सिनेमा हलमा प्रदर्शनमा जाने भएका छन ।

देशमा कोभिड-१९ अन्तगर्तको नयाँ भेरियन्ट ओमिक्रोन देखा परे पछि सरकारले भीडभाड कम गर्ने उदेश्यले माघ पहिलो साता देखी सिनेमाहल लगायतका सार्वजनिक स्थान बन्द गर्ने निर्णय गरेको थियो ।