काठमाडौं,१ फागुन । नेपालमा आइतबार थप ५२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ३७ पीसीआर परीक्षण गर्दा ४२१ र चार हजार ७८ एन्टिजेन परीक्षण गर्दा ९४ जना गरी ५२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको संक्रमण दर करिब ७ प्रतिशत रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा तीन हजार ९३५ जना काेराेना संक्रमित निकाे भएका छन् भने १० जनाको मृत्यु भएको छ ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २२ हजार ५८४ रहेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा ९७, ललितपुरमा ४४, मोरङमा ४०, कास्कीमा ३६, झापामा २३, सुनसरीमा १३ र रुपन्देहीमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।







