बुटवल,१ फागुन ।

बुटवल स्थित एभेरेष्ट बोर्डिङ स्कुलको बस दुर्घटना हुदा १० जना विद्यार्थी घाइते भएका छन् ।
एभेरेष्ट बोर्डिङ स्कुलको लु १ क ५४४ नम्बरको बस बुटवलको ज्योतिनगरमा दुर्घटना भएको हो ।

घाइते सबैलाइ उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
ज्योतिनगरको ओरालोमा बसको ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ ।
काेराेना भाइरस संक्रमणकाे जाेखिम बढेसँगै एक महिना अघिलेखि बन्द रहेका बिद्यालयहरु आजैबाट संचालन भएका हुन् ।