काठमाडौं,२९ माघ ।
नेपालमा शनिबार थप ८३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तेस्रो लहरको कोरोना भाइरसको संक्रमण सुरु भएको लामो समयपछि नेपालमा दैनिक कोरोना संक्रमितको संख्या घटेर एक हजार भन्दा तल झरेको हो ।

पछिल्लो २४ घण्टामा चार हजार २६० पीसीआर परीक्षण गर्दा ४९१ जना र दुई हजार ३९४ एन्टिजेन परीक्षण गर्दा ३४५ जना गरी ८३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा एक हजार ८२६ जना कोरोना संक्रमित निको भएका छन भने चार जना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ८८ हजार ८३७ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

हाल देशभर २६ हजार १०२ जना सक्रिय संक्रमित रहेका छन् ।