काठमाण्डाै,२९ माघ । आज देशका धेरैजसाे ठाउँको मौसम सफा रहेको छ ।
केही ठाउँमा आंशिक बद्लीको सम्भावना रहेको र अहिले तराईका केही ठाउँमा मात्रै हुस्सु र कुहिरो लागेकाे जल तथा माैसम विज्ञान विभाग, माैसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
माैसम पुर्वानुमान महाशाखाका अनुसार आज प्रदेश एक र वाग्मती प्रदेशका पहाडी एक/दुई ठाउँमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली थोरै ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।
अरु ठाउँमा भने मौसम सामान्यता सफा नै रहेको तथा आज दिउँसो र राति पनि मौसम सफा रहने महाशाखाले जनाएको छ ।








