काठमाडौं,२८ माघ । नेपालमा शुक्रबार थप १ हजार १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २० हजार ९८९ जनाकाे कोरोना परीक्षण गर्दा १ हजार १२८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार २१५ जना काेराेना संक्रमित निको भएका छन भने १४ जना संक्रमितको मृत्यु भएको छ ।
संक्रमितमध्ये हालसम्म ९ लाख ३२ हजार ८२२ जना निको भएका छन् भने हालसम्म ११ हजार ८७८ जना संक्रमितको मृत्युु भएको छ ।
हाल देशभर सक्रिय संक्रमितकाे संख्या २७ हजार ४४१ रहेको छ ।
नेपालमा पछिल्लो समय काेराेना संक्रमण दर घट्दै गएको छ ।






